आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली विरुद्धको मुद्दामा सर्वाेच्च अदालतमा विवाद भएपछि २ न्यायाधीशको यस्तो निर्णय

ओली विरुद्धको मुद्दामा सर्वाेच्च अदालतमा विवाद भएपछि २ न्यायाधीशको यस्तो निर्णय

  • मिडिया डबली
  • बुधवार, जेठ २६ २०७८

  • 5.3K
    SHARES

  • ओली विरुद्धको मुद्दामा सर्वाेच्च अदालतमा विवाद भएपछि २ न्यायाधीशको यस्तो निर्णय

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाएर दायर गरेको मुद्दाको पेशी चढेको सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सरकारी वकिलले प्रश्न उठाएका २ न्यायाधीश नहट्ने भएका छन् ।

    न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्की नहट्ने निर्णय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबारको इजलासको सुरूमा सुनाएका छन् ।

    बुधबार इजलास सुरू हुनेबित्तिकै प्रधानन्यायाधीश जबराले आईतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी दिए । यसअघि कार्की र भट्टराईले बस्ने/नबस्नेबारे राय दिने भनिए पनि त्यसअघि नै जबराले २ न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय गरेका छन् ।

    यससँगै प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको रिट निवेदकको मुद्दामाथि बहस सुरू भएको छ ।

    निवेदकको तर्फबाट बहस गर्ने कानून व्यवसायीलाई आधा घण्टाको समय प्रदान गरिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend