आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संविधान समिक्षाको माग गर्दै साहले भने - बबुर रोपेर आँपको अपेक्षा गर्नु मुर्खतापुर्ण

संविधान समिक्षाको माग गर्दै साहले भने - बबुर रोपेर आँपको अपेक्षा गर्नु मुर्खतापुर्ण

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 5.8K
    SHARES

  • संविधान समिक्षाको माग गर्दै साहले भने - बबुर रोपेर आँपको अपेक्षा गर्नु मुर्खतापुर्ण

    काठमाडौं – पुर्व सहरी विकास मन्त्री प्रभु साहले अहिले उत्पन्न राजनीतिक संकटको समाधानका लागि संविधानको समिक्षा जरुरी रहेको बताएका छन्।

    मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले संविधानको समिक्षाको आवस्यकता औल्याएका हुन्।

    संवैधानिक प्रावधानहरु अस्पष्ट भएकोले सबैको फरक बुझाई हुन पुग्दा देश मुडभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोल चक्करमा फस्दै गएको उनको भनाई छ। उनले संविधानका गलत प्रावधानहरुलाई तत्काल सुधार गर्नुपर्नेना जोड दिएका  छ्न। 

    पुर्वमन्त्री साहले लेखेका छन्, "संविधानको सुधारका लागि गम्भीर समिक्षा गर्नुको सट्टा अदृश्य शक्तिहरुको चलखेलमा वर्तमान व्यवस्था संकटमा परेको हउवा पिट्नु भनेको अझ देशलाई संकटको लामो सुरुंगमा धकेल्नु हो।" उनले थपेका छ्न, "संविधान निर्माणका लागि तक्मा पाएकाहरूले विगतमा गरेका आफ्नो गल्तीप्रति आत्मलोचित हुँदै देशमा बेथिती, अराजकता, अस्थीरता एवम अस्तव्यस्तता र फोहोरी संसदीय खेलको मुहानको रुपमा रहेको वर्तमान व्यवस्थामा समय सापेक्ष संशोधन अथवा  परिमार्जन गर्नुको सट्टा कुनै पनि बहानामा अहिलेको यस व्यवस्थासँग सति जान खोज्नु वा यसबाट कुनै अद्भुत नतीजाको अपेक्षा राख्नु भनेको ‘बबुर रोपेर आँपको अपेक्षा गर्नु ‘बराबरको मुर्खता हो ।"

    देश र जनताको दिगो हितलाई केन्द्र विन्दूमा राखी वर्तमान संविधान पुर्न:लेखनको जरुरी रहेको भन्दै उनले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण पनि गराएका छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ६ २०७८१०:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend