आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेले संसदमा गर्‍यो भयंकर बबन्डर

एमालेले संसदमा गर्‍यो भयंकर बबन्डर

  • मिडिया डबली
  • सोमवार, जेठ २४ २०७८

  • 4.9K
    SHARES

  • एमालेले संसदमा गर्‍यो भयंकर बबन्डर

    काठमाडौं – नेकपा एमालेले मन्त्रीको राजीनामाको माग गर्दै संसद बैठक अवरुद्ध गरेको बबन्डर मच्चाएको छ ।

    कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गर्दै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा मागेको छ ।

    फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको छ ।

    जनप्रतिनिधिहरुलाई अपमानित हुने गरी अदालतले करार पुष्टि गरिसकेका व्यक्तिलाई सरकारले मन्त्री बनाएर सभाको मर्यादामाथि नै प्रश्न उठेको बैठकको सुरूमै एमाले संसदीय दलका नेता यामलाल कँडेलले आरोप लगाएका छन् ।

    कँडेलले सरकारले निर्णय नसच्याउँदासम्म बैठक अगाडि बढ्न नसक्ने घोषणा गरे । अपराध पुष्टि भइसकेका व्यक्ति सार्वजनिक पदमा बस्न नपाउने कँडेलको तर्क रहेको थियो ।

    एमालेको अवरोधका कारण बैठक आधा घण्टाका लागि बैठक स्थगन भएको छ । एमालेबाट ‘फ्लोर क्रस’ गरेर कारवाहीमा परेका थापालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाएका छन् । 

    सरकारी कागजात कीर्ते गरेको अभियोगमा थापा दोषी प्रमाणित भइसकेका व्यक्ति रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक १६ २०७७१०:१५:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend