काठमाडौं – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अकस्मात बिरामी परेपछि आज सोमबार बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ ।
प्रधानन्यायाधीश राणाले सोमबार आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई गराएका छन् । उनी बिरामी परेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई इजलास नबस्ने सूचना दिएको संवैधानिक इजलास स्रोतले जनाएको छ ।
अब संवैधानिक इजलासको अर्को पेशी आगामी बुधवार तोकिने सर्वाेच्च अदालत स्रोतले जनाएको छ ।
आईतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास पुनर्गठन गरेका थिए । तर सरकारी वकिलको पक्षले असन्तुष्टि जनाएपछि विवाद देखिएको थियो ।
आइतबारको सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री बनाउन आदेश माग गर्दै रिट दिएका ४ जनाले संवैधानिक इजलासको रोस्टरमा भएका कुनै पनि न्यायाधीशले मुद्दा हेर्न नमिल्ने निवेदन दिएपछि विवाद देखिएको थियो ।
संवैधानिक इजलासको रोस्टरमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान रहेका छन् ।
उल्लेखित न्यायाधीशको संसदीय सुनुवाइ गरी अनुमोदन गर्ने समितिमा अहिले प्रतिनिधिसभा विघटनविरूद्ध रिट दिएका कतिपय निवेदक सांसद समेत भएको तर्क गर्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले रोस्टरले मुद्दा हेर्न नमिल्ने निवेदन दिएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा ओलीलाई विपक्षी बनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।