काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ५ सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् ।
रिट निवेदक पक्षका अधिवक्ताले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएपछि इजलास नै विवादमा परेको थियो । विवादकै बीच न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्न अस्वीकार गरेका थिए ।
यस्तै विवादका बीच प्रधानन्यायाधीश जबराले नयाँ इजलास गठन गर्दै आज आईतबारको पेशी तोकेका छन् । इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।
आईतबार प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सुनुवाइ हुने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।