काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी जेठ २७ गते विश्वासको मत लिने भएका छन् ।
आज शनिवार बसेको गण्डकी प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षले जेठ २७ गते विश्वासको मत लिने योजना सुनाएको छ ।
सत्तारुढ दलको तयारीमा विपक्षी दलका नेताहरूले सहमति जनाएका छैनन् । विश्वासको मत लिनुपूर्व सरकारको तर्फबाट २ दिनअघि संसदमा जानकारी गराउनुपर्ने हुन्छ ।
बैठकमा उपस्थित विपक्षी सांसदका अनुसार सत्ता पक्षले २५ गते संसदमा जानकारी गराएर २७ गते विश्वासको मत लिने बताएका छन् ।
प्रदेश सभामा छलफलका लागि कुनै कार्यसूची नभएकाले आईतबारको बैठक स्थगित हुने जनाइएको छ ।
गत बैशाख २९ गते ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री पदमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
बिहीबार जनमोर्चाका कृष्ण थापालाई सांसद पदबाट पदमुक्त गरेपश्चात् ६० सदस्यीय प्रदेश सभामा ५९ सांसद कायम रहेका छन् । यसअघि मुख्यमन्त्री गुरुङलाई विश्वास मत लिन ३१ सांसद आवश्यक परेकोमा अब ३० मत पुर्याउनुपर्ने भएको छ ।
प्रदेशमा एमालेका २७ र १ जना स्वतन्त्र सांसदसहित २८ जनाको सर्मथन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई रहेको छ । अन्य सांसद विपक्षी गठबन्धनमा देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।