आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

नेपालसहित छिमेकी देशहरूमा यसरी घट्दैछ कोरोना संक्रमण

नेपालसहित छिमेकी देशहरूमा यसरी घट्दैछ कोरोना संक्रमण

  • मिडिया डबली
  • शुक्रवार, जेठ २१ २०७८

  • 5.4K
    SHARES

  • नेपालसहित छिमेकी देशहरूमा यसरी घट्दैछ कोरोना संक्रमण

    काठमाडौं – सार्क राष्ट्रका नेपालसहित छिमेकी देशहरूमा कोरोना भाइरस संक्रमणको अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ ।

    सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई आधार मान्दा केही दिनयता संक्रमण दर ओरालो लाग्दो पाइएको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा ८० हजार २३२ जनामा संक्रमण र २ हजार ८८७ जनाको मृत्यु भएको छ ।

    यसअघि भारतमा दैनिक झण्डै २ लाख जनासम्ममा संक्रमण देखिने गरेको थियो । बंगलादेशमा पछिल्लो तथ्यांक अनुसार एकैदिन १२ हजार ७२४ जनामा संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भएको छ ।

    अफगानिस्तानमा १ हजार ४५ जनामा संक्रमण देखिएकोमा ३३ जनाको मृत्यु भएको छ । श्रीलंकामा २४ घण्टामा ३७ जनामा संक्रमण र ४ जनाको मृत्यु भएको छ । माल्दिभ्समा ७०४ जनामा संक्रमण देखिँदा २ जनाको मृत्यु भएको छ ।

    पाकिस्तानमा २ हजार २८ जनामा संक्रमण देखिँदा ९२ जनाको मृत्यु भएको छ । भुटानमा एकैदिन ७ जनामा संक्रमण देखिएको छ । नेपालमा भने पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा संक्रमण देखिँदा ७५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा १८ हजार ५६२ जनाको पीसीआर र ३ हजार २११ जनाको एन्टिजेन परीक्षण गरिएको छ । देशभर १ लाख १ हजार ८३९ जना संक्रमित रहेका छन् । बिहीवार ५ हजार ९०४ संक्रमित निको भएका छन् । ८३१ क्वारेन्टीनमा रहेका छन् ।

    देशभरका अस्पतालमा १ हजार ४४४ आईसीयू र ३९८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । मन्त्रालयका अनुसार १ नम्बर प्रदेशमा २२१ आईसीयू र ५७ भेन्टिलेटर, २ नम्बर प्रदेशमा ११३ आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    बाग्मती प्रदेशमा ७२६ आईसीयू र २५६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    गण्डकी प्रदेशमा १३९ जना आईसीयू र २३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १६९ आईसीयू र २५ जना भेन्टिलेटर, कर्णालीमा ४६ आईसीयू र ५ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    बेलायती अखबार डेलीमेलले बिहीवारको संस्करणमा ‘नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कुनै नयाँ भेरियन्ट नदेखिएको स्पष्ट जानकारी दिएको छ ।

    विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएको जनाएको छ । यी ३ भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपाल कोरोना भाइरसको कुनै छुट्टै (नयाँ) भेरियन्ट नभेटिएको र समाचारमा सत्यता नभएको प्रष्ट पारेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend