आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वाेच्च अदालतले भोलि विशेष निर्णय लिँदै, प्रधानन्यायाधीशले बोलाए पूर्ण बैठक

सर्वाेच्च अदालतले भोलि विशेष निर्णय लिँदै, प्रधानन्यायाधीशले बोलाए पूर्ण बैठक

  • मिडिया डबली
  • बिहिवार, जेठ २० २०७८

  • 5.3K
    SHARES

  • सर्वाेच्च अदालतले भोलि विशेष निर्णय लिँदै, प्रधानन्यायाधीशले बोलाए पूर्ण बैठक

    काठमाडौं – सर्वोच्च अदालतमा विशेष निर्णय लिन बोलाइने पूर्ण बैठक भोलि शुक्रबार बस्ने भएको छ ।

    संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली संशोधन, न्यायाधीशहरूको रोस्टर पुनर्संरचना, सर्वोच्चको सेवा विस्तार लगायत विषयमा परामर्श गर्न पूर्ण बैठक बस्ने सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले बताएका छन् ।

    प्रवक्ता ढकालले भोलि शुक्रबारको बैठक जेठ १३ गते नै तय भएको बताएका छन् ।

    ‘सेवा कटौती संशोधन अथवा सेवा प्रवाह संशोधन सम्बन्धमा जेठ १३ गते नै तय भएको हो,’ ढकालले भने, ‘यसमा संवैधानिक इजलास नियमावली संशोधन र रोस्टर रिफर्मको कुरा पनि आउला । सम्माननीय र माननीयज्यूलाई लाग्यो भने हाम्रो विविध भन्ने शीर्षकबाट यी विषय प्रवेश हुनसक्छ । छलफल हुनसक्छ ।’

    संवैधानिक इजलास गठन सम्बन्धी विवादमा मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्ण बैठक राखेर वरिष्ठताका आधारमा इजलास गठन गर्ने गरी नियमावली संशोधन गर्ने प्रतिवद्धता सर्वोच्च बार एशोसिएशनसँग जनाएका थिए ।

    भोलि शुक्रबार हुने पूर्ण बैठकमा सर्वोच्च अदालतका सबै न्यायाधीश उपस्थित हुने जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २३ २०७७०६:४६:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend