काठमाडौं - राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद गुमेको छ । राजमोको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो ।
प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र राजमोकी गण्डकी प्रदेश सचेतक पियारी थापाले थापालाई सांसद पदबाट हटाइएको पत्र गण्डकी प्रदेश सभा सचिवालयमा बुझाएको जानकारी दिए ।
बिहीबार १ बजे बस्ने प्रदेश सभाको बैठकमा सूचना पढाएर सुनाइने जनाइँदै पोखरेलले निवेदकको मागबमोजिम सांसद पद खारेज हुने बताए । थापाकै असहमतिका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद जोगिएको थियो ।
यसअघि नै राजमोले थापालाई कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
गण्डकीका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी ओली निकट हुन् । थापाको पद गुमेसँगै मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।