आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गुड्नलाई तम्तयार भयो नेपाली रेल, ३५ करोड तिरेर भारतीय कम्पनीलाई जिम्मा

गुड्नलाई तम्तयार भयो नेपाली रेल, ३५ करोड तिरेर भारतीय कम्पनीलाई जिम्मा

  • मिडिया डबली
  • बिहिवार, जेठ २० २०७८

  • 6.0K
    SHARES

  • गुड्नलाई तम्तयार भयो नेपाली रेल, ३५ करोड तिरेर भारतीय कम्पनीलाई जिम्मा

    काठमाडौं – कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने निश्चित भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा गरेको छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने बताए ।

    ‘व्यवस्थापनदेखि रेलवे अध्यादेश समेत ल्याइसकेका छौं, नीतिगतदेखि गर्नुपर्ने सबै तयारी भइसकेको छ,’ मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा नेम्वाङले भने, ‘निषेधाज्ञाका कारण सञ्चालन गर्न पाइएको छैन ।’

    मन्त्रालयले भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेलाई १ वर्षका लागि करीब ३५ करोड रुपैयाँमा रेल चलाउने जिम्मा दिएको छ । कम्पनीले २६ मुख्य प्राविधिक ल्याएर १ वर्षसम्म सञ्चालन गर्ने जनाइएको छ ।

    नेपाल जनकपुरदेखि भारत जयनगरसम्म सञ्चालनका लागि ८ महिनाअघि ल्याइएको रेल पालले छोपेर राखिएको छ ।

    सरकारले सञ्चालनका लागि कानूनी बाध्यता फुकाउन रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरे पनि कोरोना बाधक बनेको छ । रेल सञ्चालनका लागि पटक–पटक समय तोक्दै आएकोमा जनशक्तिदेखि कानून अभाव लगायत कारण सञ्चालन हुन नसकेको हो ।

    भारतबाट रेल ल्याइए पनि शुरूदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानून अभाव तथा अन्तरदेशीय अनुमति समस्या रहँदै आएको छ । सरकारले पछिल्लोपटक गत चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने जनाएको थियो ।

    रेल सञ्चालनका लागि सो रेल बसेर र उभिएर गरी १ हजार २०० देखि १ हजार ३०० सम्म यात्रु सक्ने अट्ने क्षमताको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन व्यवस्थासहित सरकारले असोजमा १ अर्ब रुपैयाँभन्दा खर्चेर भारतबाट २ रेल ल्याएको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ ३ २०७७०६:२९:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend