काठमाडौं- नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली कार्यकाल शुरु हुने बेलादेखि नै देशमा रेल र पानीजहाज ल्याउने कुराले चर्चामा थिए ।
अहिले नेपालमा भारतबाट २ वटा रेलपनि भित्रिइसकेका छन् । प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउँने र रोजगारी बढाउने वाणी पटकपटक गर्दै आएका छन् ।
यसबीच नेपाल रेल्वे कम्पनी लिमिटेडले ६ महिनाको करार सेवाको लागि आह्वान गरेको विज्ञापनमा ३२ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
कम्पनीले भदौ २९ गते १२९ पदका लागि विज्ञापन प्रकाशन गरेको थियो । आवेदन दिने अन्तिम म्याद असोज १२ गतेसम्म थियो । यो मितिसम्म ३२ हजारभन्दा बढी आवेदन परेको कम्पनीले जनाएको छ ।
शैक्षिक योग्यता, कार्य अनुभव तथा अन्तर्वार्ताको माध्यमबाट कर्मचारीको छनोट गरिने भनेर विज्ञापनमा नै उल्लेख छ ।
लिखित परीक्षा भएको भए आवश्यक पदको ३ गुणा बढी उम्मेदवारलाई अन्तर्वार्ताका लागि लोकसेवा आयोगले छनोट गर्न सक्थ्यो ।
अनलाइनमार्फत आवेदन लिएको कम्पनीले ३२ हजारभन्दा बढी आवेदकमध्ये १२९ जनालाई कसरी छनोट गर्छ भन्ने कुराले अहिले चौतर्फी रुपमा चर्चा पाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।