आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतको सहयोगमा यसै महिनाभित्र जनकपुर–जयनगर रेल चलाउने तयारी

भारतको सहयोगमा यसै महिनाभित्र जनकपुर–जयनगर रेल चलाउने तयारी

  • मिडिया डबली
  • शनिवार, माघ ३ २०७७

  • 4.7K
    SHARES

  • भारतको सहयोगमा यसै महिनाभित्र जनकपुर–जयनगर रेल चलाउने तयारी

    काठमाडौं – यसै माघको अन्तिम हप्तादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ ।

    जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

    कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिए । सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी नरहेको उनको भनाइ छ ।

    रेल सेवा सञ्चालन गर्न आवश्यक ‘कोर’ प्राविधिक जनशक्ति आपूर्तिका लागि भारत सरकारको स्वामित्वमा रहेको कोंकर्ण रेल्वे कर्पाेरेसनसँग सम्झौता हुने र जनशक्ति नेपाल आइपुग्ने महाप्रबन्धक भट्टराईले बताए । ड्राइभर, इन्जिनियर लगायत २६ जना ‘कोर’ जनशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले सम्झौता हुनेबित्तिकै उनीहरू नेपाल आइपुग्ने बताए ।

    अब छिट्टै नै सम्झौताको काम सम्पन्न हुने र माघ १५ गतेभित्र भारतीय जनशक्ति नेपाल आइपुग्ने उनले बताए । उनका अनुसार सम्झौताका लागि आवश्यक ‘डकुमेन्टस्’ समेत तयार भइसकेको छ ।

    ‘माघ १५ गतेभित्र भारतीय जनशक्ति नेपाल आइपुग्ने छन्, उहाँहरूले १ हप्तासम्म पार्किङमा राखिएको रेल, रेल्वे लिकलगायत सम्पूर्ण रेल्वे प्रणालीको परीक्षण गर्नुका साथै यहाँका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्नेछन्,’ उनले भने ।

    रेल सेवा सञ्चालन गर्न आन्तरिक कर्मचारीको व्यवस्थापन गर्नेबारे समेत टुंगो लागिसकेको महाप्रबन्धक भट्टराईले जानकारी दिए । रेल सेवा सञ्चालन गर्न ४६ जना निजामती सेवाबाट र ६० जना रेल्वेका सेवा निवृत्त कर्मचारी लिएर तत्काल सेवा सञ्चालन गरिने बताउँदै उनले निजामतीबाट आउने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयको स्वीकृतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पत्र पठाइसकेको जानकारी दिए ।

    रेल्वेको आफ्नै सुरक्षा दस्ता तयार नभएसम्म रेल्वेको सम्पूर्ण सुरक्षाको जिम्मा मन्त्रिपरिषद् बैठकले यसअघि नै सशस्त्र प्रहरी बललाई दिइसकेको छ । मन्त्रिपरिषद्को बैठकबमोजिम अहिले १२६ जना सशस्त्र प्रहरीले रेल्वे खण्डको सुरक्षा दिइरहेका छन् ।

    सो खण्डमा रेल सेवा सञ्चालन गर्न असोज २ गते नै भारतबाट ल्याइएका २ वटा डेमो रेल जनकपुरमा पार्किङ गरी राखिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन १४ २०७७०२:५८:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend