आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले बैठक सकियो, एकढिक्का भएर जाने यस्तो निर्णय

एमाले बैठक सकियो, एकढिक्का भएर जाने यस्तो निर्णय

  • मिडिया डबली
  • बुधवार, जेठ १९ २०७८

  • 4.5K
    SHARES

  • एमाले बैठक सकियो, एकढिक्का भएर जाने यस्तो निर्णय

    काठमाडौं – नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचन परिणाममा देखिएपछि बसेको नेकपा लुम्बिनी संसदीय दलको बैठकले सरकारका नीति तथा कार्यक्रम र बजेटमा सबै सांसदहरू एकसाथ एकढिक्का भएर जाने निर्णय गरेको छ ।

    मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको संसदीय दलको बैठकले एकढिक्का भएर जाने निर्णय गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताएका छन् ।

    मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सभामा सरकारविरुद्ध हुने असंवैधानिक क्रियाकलापका विरुद्धमा सबै सांसदहरू एकसाथ उभिने निर्णय गरिएको उनले जानकारी दिए ।

    अधिवेशनको पहिलो दिनको कार्यसूचीमा प्रदेश प्रमुख कार्यालयबाट आएका पत्रबारे जानकारी दिने र दलका प्रमुखहरूले औपचारिक रूपमा शुभकामना दिने कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरिसकेको छ ।

    विपक्षी गठबन्धन दलका नेताहरूले सभामुख पूर्णबहादुर घर्तीलाई अविश्वासको प्रस्ताव पेश गर्न लगाउने आशंकाका समाचार बाहिरिएपछि सत्तारुढ एमालेले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    प्रमुख सचेतक ढकालले कानून विपरीत दर्ता भएको अविश्वासको प्रस्तावलाई अगाडि सारिए तत्काल बहिष्कार गर्ने र सरकारलाई अध्यादेशबाट नीति तथा कार्यक्रम र बजेट ल्याउन सिफारिस गर्ने बताएका छन् । 

    ढकालका अनुसार प्रतिपक्षीले बाध्य बनाएर संसद अन्त्य गर्ने वातावरण नआओस् भन्ने चाहेको बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend