काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत दिउँसै गाँजा खाएर बोल्न थालेको टिप्पणी गरेका छन् ।
नेता बस्नेतले नेपाली कांग्रेस पार्टी फुटाइदिने हैसियत भएको बताएको कुरा सञ्चारमाध्यममा आएपछि नेता खतिवडाले कडा टिप्पणी गरेका हुन् । कांग्रेस नेता खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महेश बस्नेत भन्ने पूर्वमन्त्री र माननीय दिउँसै गाँजा खाएर गफ दिन थालेछन् ।
कांग्रेस फुटाउने रे ? आफ्नो पार्टी दुईतिहाइबाट अल्पमतमा पुगेर आफैंले एमालेबाट केही नेतालाई (माझ समुह) हटाइएको अनि राष्ट्रपतिको सहाराले अध्यादेशमा अपहरणमार्फत देश चलाएको बिर्से कसो ? अपहरण बन्द गर !’ नेता बस्नेतले सोमबार आयोजित युवा संघको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई फुटाइदिने चेतावनी दिएका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।