आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

मुख्यमन्त्री शंकर पोखरेलकै दाहिने हात रावतले कुटे डाक्टर र नर्स, यस्तो छ नालीबेली !

मुख्यमन्त्री शंकर पोखरेलकै दाहिने हात रावतले कुटे डाक्टर र नर्स, यस्तो छ नालीबेली !

  • मिडिया डबली
  • शुक्रवार, जेठ १४ २०७८

  • 10.6K
    SHARES

  • मुख्यमन्त्री शंकर पोखरेलकै दाहिने हात रावतले कुटे डाक्टर र नर्स, यस्तो छ नालीबेली !

    काठमाडौं - एमाले दाङका कार्यकर्ता मानबहादुर रावतलगायतको समूहले नेपालगन्जस्थित भेरी अस्पतालमा तोडफोड गरी चिकित्सक तथा नर्सहरूमाथि आक्रमण गरेको छ ।

    शुक्रबार बिहानैदेखि स्वास्थ्यकर्मी आन्दोलित भएपछि डाक्टर र नर्स कुट्ने रावतसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । कुटपिट र दुर्व्यवहारको विरोध गर्दै भेरी अस्पताल नेपालगञ्जका डाक्टर र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। भेरी अस्पताल परिसरमा बिहानैदेखि स्वास्थ्यकर्मीले नाराजुलुस गरिरहेका छन् ।

    उनीहरुले डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेका छन् । बिहीबार राति ८ बजेतिर बिरामीको उपचारका क्रममा ज्यान गएपछि मृतकका परिवार र आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । स्वास्थ्यकर्मीले झ्यालबाट हाम फालेर ज्यान जोगाएका अस्पतालका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए । डा. चन्द्रप्रकाश साहु, नर्स सदीक्षा गैरे, अश्विनी गुरुङ, रिता अधिकारी र कविता पुनमाथि कुटपिट र दुर्व्यवहार भएको उनले बताए ।

    को हुन् रावत ?

    मानबहादुर रावत एमालेका कार्यकर्ता हुन्। उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि छन्। उनी ओली निकट मानिन्छन् र गृहजिल्ला दाङकै प्रदेश मुख्यमन्त्री शंकर पोखरेलका विश्वासिला पात्र मानिन्छन्।

    रावत यसअघि सरकारी कर्मचारी पनि थिए। ६ महिनाअघिमात्रै उनले सरकारी जागिर छोडेका थिए। सुरुमा उरहरी गाउँविकास समितिमा उनी गाविस सचिव थिए। पार्टीको नवौ महाधिवेशन चलिरहेका बेला उनी निवर्चान क्षेत्रका संयोजक पनि बनाइएका थिए।

    अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनमथि पार्टीकै एक जना महिला कार्यकर्ताले आफूमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। ती महिलाका आफन्तले रावतलाई त्यहाँ कुटपिट पनि गरेका थिए।

    shankarpokhrel_friend.jpgत्यसपछि रावतमाथि जवर्जस्ती करणी रोपमा लामो समय मुद्दा चलेको थियो। पछि उनलाई अदालतले सफाइ पनि दियो। स्थानीय तह भइसकेपछि उनी वडा कार्यालयमा थिए। त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पनि अभद्र व्यवहार गरेपछि उनकै पार्टीका कार्यकर्ताले कारबाहीको माग गर्दै पार्टीमा निवेदन दिएका थिए।

    त्यसपछि तुलसीपुर उपमहानरपालकिका मेयर घनश्याम पाण्डेले उनलाई आफ्नो स्वकीय सचिव पनि बनाएका थिए। तर पनि उनीविरुद्ध दबाव बढ्न थालेपछि पाण्डेले पनि उनलाई हटाएका थिए। त्यसपछि उनी पार्टीमै सक्रिय रहँदै आएका थिए।

    भेरीमा के भएको हो ?

    कोरोना संक्रमित डिल्लीबहादुर रावत गम्भिर भएपछि भेरी अस्पताल लगिएको थियो। चिकित्सकहरूका अनुसार उनको अवस्था पहिलादेखि नै नाजुक थियो। बिहीबार साँझपख बिरामीलाई धेरै गाह्रो भएपछि चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेका थिए। तर मानबहादुरहरूले ‘हामीलाई नसोधी किन भेन्टिलेटरमा राखेको’ भन्दै चिकित्सकहरूसँग निहुँ खोज्न थाले। त्यसपछि विवाद बढ्दै जाँदा उनीहरूले आक्रमण गरेका थिए।

    भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल मुख्यमन्त्री शंकर पोखरेलका भान्जी ज्वाइँ हुन्। उनी र मुख्यमन्त्रीसँगको सम्बन्ध देखाउँदै मानबहादुरले सुरुदेखि नै अस्पतालका चिकित्सक तथा नर्सहरूलाई निकै दवाव दिँदै आएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend