काठमाडौं - इलामका नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले कोभिड बिरामी बोक्न सहज होस् भन्ने उद्देश्यले आफ्नो निजी कार एम्बलेन्सका रूपमा चलाउन दिएका छन् ।
१० वर्षभन्दा बढी समयदेखि सामाजिक सेवामा क्रियाशील हुँदै आएका खड्काले इलाम नगरपालिकामा दर्ता गरी म१ज २८९५ बोलेरो जिपलाई एम्बुलेन्स बनाएका छन् । त्यसका लागि नवीन चौहान चालक र शिब थापाले हेर्ने भएका छन् ।
कोभिड संक्रमितलाई घरबाट अस्पताल र अस्पतालबाट घर लैजान सहज होस् भन्ने उद्देश्यले आफ्नो बोलेरो जिप एम्बुलेन्स बनाएको नेता खड्काले जानकारी दिए ।

कसैलाई एम्बुलेन्स चाहे चालक चौहानको ९८२४०६५५९१ र शिव थापालाई ९८४२६२७३३५ मा सम्पर्क गर्न सकिने छ । खड्काले एम्बुलेन्सको सबै खर्च आफैंले बेहोरेका छन् ।
इलामका सडक निर्माण, मठमन्दिर पुनर्निर्माण, खानेपानी आयोजनादेखि आर्थिक अवस्था कमजोर भएर उपचार नपाएकालाई समेत खड्काले व्यक्तिगत सहयोग गर्दै आएका छन् ।
जिल्लाभरि कतै सडक निर्माण गर्नुपरेमा खड्कालाई एक फोन गरे काफी हुन्छ । उनले आफ्नै खर्चमा सबै निर्माण गर्ने गरेका छन् । गत वर्षदेखि कोरोना महामारी भएर लकडाउनले गर्दा खाद्यान्न नभएका इलामेली जनतालाई उनले राहत वितरण गरेका थिए ।
यस्तै उनले मानसिक सन्तुलन गुमाएर बेवारीसे बनेका एक ब्यक्तिलाई इलामबाट उद्धार गरी काठमाडौं लगेका थिए । खड्काले काठमाडौंसम्मको एम्बुलेन्स खर्च उपलब्ध गराएपछि बेवारीसे अवस्थामा रहेका ब्यक्तिको उपचार सहज भएको थियो । अहिले उनको अवस्था सामान्य छ । केही महिनादेखि इलाम र बिब्ल्याटे बजार आसपासमा बस्दै आएका उनी दाहिने हातको सबै औला कुहिएर बिछिप्त अवस्थामा थिए ।
काठमाण्डौ लैजानुअघि उनलाई जिल्ला अस्पताल इलामका चिकित्सकले प्राथमिक उपचार गर्नुको साथै कपाल काटेर नयाँ कपडा लगाइदिएका थिए । अस्पातलमा उनको हातको प्राथमिक उपचार मात्र भएको थियो ।
हातमा पूरै किरा परी सकेकोले उनलाई थप उपचारको लागि जिल्ला बाहिर लानुपर्ने चिकित्सकले बताएका थिए । नाम ठेगाना समेत बताउन नसक्ने उनको उपचारमा समस्या भएपछि केही युवाले सामाजिक सञ्जालमा सहयोग मागेका थिए ।
समाजसेबी खड्का, इलामका सहयोगी हातहरु लगायत केही स्थानिय युवाबाट आर्थिक सहयोग प्राप्त भएको सहयोगी हातका अध्यक्ष रतन चौधरीले बताए ।






















मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।