काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी भयावह बनेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले आज बिहीबारदेखि झन् कडाइ गरेको छ ।
जिल्ला प्रशासनले सप्तरीमा बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द गरेको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) फणिन्द्रमणि पोखरेलले सूचना जारी गरेर बैंक तथा वित्तीय संस्थाहरू १ हप्ताका लागि बन्द गर्न आदेश जारी गरेका छन् ।
सप्तरी जिल्लामा वैशाख २३ गतेदेखि निषेधाज्ञा जारी रहेको छ । कोरोना संक्रमण दर बढेपछि बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द गराउनुपरेको सीडीओ पोखरेलले बताए ।
सप्तरीका प्रत्येक कार्यालयलाई आ–आफ्नो निकायगत जिम्मेवारीबाहेक कोभिड–१९ संक्रमणको महामारी रोकथाम र नियन्त्रणमा के कस्तो भुमिका खेल्न सकिन्छ भन्ने कुराको ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयको इमेलमा पठाउन समेत निर्देशन दिइएको छ ।
प्रत्येक कार्यालयले आफूसँग भएको सवारीसाधन र चालक कोभिड–१९ संक्रमण महामारी रोकथाम र नियन्त्रणमा प्रयोग हुनसक्ने गरी तयारी हालतमा राख्न समेत सीडीओले निर्देशन दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।