आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दिपक मनाङेसहित एमाले सरकारमा फेरि मन्त्री बने यी भाग्यमानीहरू !

दिपक मनाङेसहित एमाले सरकारमा फेरि मन्त्री बने यी भाग्यमानीहरू !

  • मिडिया डबली
  • बुधवार, जेठ ५ २०७८

  • 4.3K
    SHARES

  • दिपक मनाङेसहित एमाले सरकारमा फेरि मन्त्री बने यी भाग्यमानीहरू !

    काठमाडौं – नेकपा एमालेले अल्पमतको सरकार बनाएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिमण्डल विस्तार गरेका छन् ।

    संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित ३ दलले बहुमतको सरकार बनाउन नसकेपछि वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ हप्तापछि मन्त्रिमण्डल विस्तार गरेका छन् । 

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई पुनः नियुक्त गरेका छन् । गुरुङले आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङलाई बनाएका छन् भने रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिन बाँकी छ । नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधवार पद तथा गोपनीयताको शपथ गरेका छन् ।

    मन्त्रीमा राजीव गुरुङ ‘दीपक मनाङे’ समेत पुनः नियुक्त भएका छन् । उनी काठमाडौं भएकाले शपथमा सहभागी भने भएनन् ।

    नवगठित मन्त्रिपरिषद्मा यसअघिको मन्त्रिमण्डलमा जिम्मेवारी लिएका पुरानै अनुहार दोहरिएका छन् । मुख्यमन्त्री गुरुङले प्रिबजेटको तयारी थाल्नका लागि भौतिक र अर्थमन्त्री मात्रै नियुक्ति गर्ने योजना बनाएको भए पनि पार्टीका नेतासँगको छलफलपछि पुरानै मन्त्रीलाई पुनः मन्त्रीमा नियुक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २ २०७८१२:१६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend