काठमाडौं - देश नै कोरोना भाइरसको चपेटामा परेका बेला नेपाली कांग्रेससहित यसका भ्रातृसंगठन सक्रिय भएर रोकथाम र न्यूनीकरणमा लागेका छन् ।
यसैक्रममा तरुण दल भक्तपुरले कोरोना भाइरसको चपेटामा परेका नागरिकलाई राहत प्रदान गर्दै आएको छ । एक वर्षअघिदेखि नै तरुण दलले राहत प्रदान गर्दै आएको हो ।
कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, तरुण दल जिल्ला अध्यक्ष राजु थापा, पार्टी सचिव निसान ढुंगेल, १ नम्बर क्षेत्रीय सभापति जीवन खत्रीलगायतको सहभागितामा कोभिडविरुद्ध अग्रस्थानमा रहेर सेवा प्रदान गर्ने सुरक्षाकर्मी, पत्रकार तथा सानोठिमीमा अवस्थित अपांगता भएका २६ परिवारलाई स्वास्थ्य सामग्री मास्क, पन्जा, सेनिटाइजर वितरण गरेको छ ।
तरुण दल भक्तपुरले अब केही दिनमै बिपन्न बर्गका जनतालाई खाध्य सामग्री वितरण गर्ने योजनाका साथ कार्यविधि तयार भइरहेको जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।