आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

असमान आर्थिक रिकभरीले उत्तर र दक्षिण चीनबीच ठूलो विभाजनको खतरा 

असमान आर्थिक रिकभरीले उत्तर र दक्षिण चीनबीच ठूलो विभाजनको खतरा 

  • मिडिया डबली
  • सोमवार, जेठ ३ २०७८

  • 6.4K
    SHARES

  • असमान आर्थिक रिकभरीले उत्तर र दक्षिण चीनबीच ठूलो विभाजनको खतरा 

    बेइजिंग - कोरोना भाइरसको संक्रमणबाट उत्पन्न आर्थिक संकटले चीनमा ठूलो विभाजन निम्त्याउने खतरा बढेको छ । चीनमा कोरोना भाइरसको संक्रमण विस्तारै ठिक हुँदै गएसँगै आर्थिक गतिविधिहरु चलायमान हुन थालेका छन् अर्थतन्त्रमा सुधार हुन थालेको दाबी गरिएको छ । 

    चीनका ३१ वटा प्रान्तमध्ये दक्षिणी प्रान्तहरुको पहिलो तीन महिनामा अर्थतन्त्रमा राम्रो सुधार भएको छ भने उत्तरी प्रान्तहरुमा भने अmझै सुधार हुन सकेको छैन । अर्थतन्त्रमा भइरहेको क्षेत्रीय असमानताका कारण साना तथा मझौल व्यवसायहरु, सेवा क्षेत्रहरुलगायतमा ठूलो प्रभाव पर्न विज्ञहरुले बताएका छन् । जसका कारण बेइजिंगमा विभाजनको ठूलो रेखा देखा पर्ने र दाहोरो वितरणको रणनीतिले मुलुकमा निर्यातमा पनि असर पर्ने देखिन्छ । 

    विज्ञहरुका अनुसार मुलुकको निर्यातमा कमी आउनुका साथै आगामाी दिनमा आन्तरिक बजारको निर्भरता बढ्दै जानेछ । कोरोना महामारीको उद्गम प्रान्त हुबेइमा पनि आर्थिक सुधार भएको पाइएको छ । करिब तीन महिनासम्म पूर्ण लकडाउन गरिएको हुबेइमा पहिलो तीन महिनामा नै ५८.३ प्रतिशतले सुधार भएको छ । 

    सन् २०२० को पहिलो तीन महिनाको तथ्यांक हेर्दा हुबेइ प्रान्तमा आर्थिक वृद्धि निकै कमजोर अवस्थामा छ । यद्पि चीनमा दक्षिणी प्रान्तहरुमा सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि भइरहेको छ । जस अनुसार हिनान प्रान्तमा १९.८, झेजियांगमा १९.५ प्रतिशत, जियांसुमा १९.२ प्रतिशत र गुआंजोंगमा १८.६ प्रतिशतले वृद्धि भएको छ । 

    हुबेइको तुलनामा अन्य प्रान्तहरुमा कम भएको देखिएको छ । सन् २०२० मा पनि यी प्रान्तहरुको आर्थिक वृद्धिमा खासै सुधार भएको थिए । समग्रहमा चीनको कुल गार्हस्थ उत्पादन १८.३ प्रतिशत रहेको छ । चीनलाई पूर्ववत अवस्थामा फर्किन थप दुई वर्ष लाग्ने सरकारले अनुमान गरेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend