आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कोरोना भयावह भएपछि मध्यरातिदेखि सेना परिचालन

कोरोना भयावह भएपछि मध्यरातिदेखि सेना परिचालन

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 8.1K
    SHARES

  • कोरोना भयावह भएपछि मध्यरातिदेखि सेना परिचालन

    काठमाडौं – देशैभर कोरोना भाइरस संक्रमणको महामारी बढेर भयावह रूप लिएका बेला सुनसरी जिल्लामा सेना परिचालन गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले शुक्रवार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुने गरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी समेत बन्द गर्ने निर्णय गरेसँगै सेना परिचालन गरिएको छ ।

    कोरोनाको भयावह स्थिति रहेकाले सुनसरीको इटहरी, धरान र इनरुवामा सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ‘हामीले सुरक्षाका लागि मात्रै नभई महामारी नियन्त्रणका लागि सेना परिचालन गरेका हौं,’ ढकालले भने, ‘कोभिड विपदको रूपमा आइपरेको छ, विपद्को घडीमा सेनाको आवश्यकता परेर परिचालन गरेका हौं ।’

    ढकालका अनुसार विशेष गरेर इटहरी, धरान र इनरुवा क्षेत्रमा बढी संख्यामा र अन्य क्षेत्रमा पनि आवश्यकता अनुसार सेनालाई प्रयोग गरिने छ ।

    ‘यति संख्यामै सेना परिचालन गरियो भन्ने छैन तर महामारी नियन्त्रणका लागि भनेर आवश्यकता अनुसार संख्या थप्दै जान पनि सकिन्छ,’ उनले भने, ‘सुनसरीमा कोरोनाको जोखिम छ, भोलिका दिनमा थप समस्या नआओस् भन्नका लागि सेना परिचालन गरिएको छ ।’

    ढकालका अनुसार जिल्लामा दैनिक रूपमा संक्रमित र मृत्युको संख्या बढ्दै गएकाले सचेत र नियन्त्रणका लागि सेना परिचालन गरिएको हो ।

    ढकालले भने, ‘पूर्वको केन्द्रविन्दु इटहरी र धरानजस्ता शहरमा कोरोनाको जोखिम ज्यादै भएकाले भोलिका दिनमा थप समस्या नआओस् भनेर नियन्त्रणको प्रयास गरिएको छ ।’ सुनसरी जिल्ला भारतीय सीमानालाई छोएको जिल्ला भएका कारण समेत कोरोनाको जोखिमका रूपमा लिने गरिन्छ । तर अहिले चौतर्फी रूपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको ढकालले बताएका छन् ।

    खटिएका सेनाले लडकाउन कडा बनाउन र विभिन्न क्षेत्रमा निर्माण भएका आइसोलेसन सेन्टरमा सुरक्षा र निगरानी गर्ने उनले बताएका छन् ।

    १ नम्बर प्रदेशको सुनसरी, मोरङ र झापा कोरोनाको उच्च जोखिममा रहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले पनि यी ३ जिल्लामा लकडाउनलाई थप प्रभावकारी र कडा बनाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

    तीनै जिल्लामा कोरोनाको दोस्रो भेरियन्टको संक्रमण र मृत्युदर बढ्न सक्ने पूर्वानुमान गर्दै एकै प्रकृतिको निषेधाज्ञा कार्यान्वयन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

    निषेधाज्ञा आदेशलाई उल्लंघन गर्ने व्यक्तिउपर संक्रामक रोग ऐन २०२० अन्तर्गत भए गरेको कसूरमा १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । ऐन अन्तर्गत काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend