काठमाडौं – केन्द्रमा नेकपा माओवादी केन्द्रको पहलमा सत्ता हेरफेरको अभ्यास भइरहेका बेला कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादीका ३ जनालाई नयाँ मन्त्री नियुक्त गरेका छन् ।
बैशाख ३ गते प्रदेश सभाबाट विश्वासको मत पाएका मुख्यमन्त्री शाही ढुक्कले सरकार चलाइरहेका छन् । विश्वासको मत पाएपछि शाहीले बैशाख ५ गते एमालेबाट ‘फ्लोर क्रस’ गरेर सरकार जोगाइदिएका ३ जनालाई मन्त्री बनाएका थिए ।
माओवादीबाट नवनियुक्त मन्त्रीमा गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र सांसद विन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ । पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मा सीता नेपालीलाई मिलेको जनाइएको छ ।
यसअघि आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बुधबार बिहानको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिएका थिए । राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।