काठमाडौं – कर्णाली प्रदेशका कम्युनिस्ट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालय हेरफेर गरिएको छ ।
मुख्यमन्त्री शाहीले आज बुधवार २ जना स्वकीय सचिवसहित १ जना सल्लाहकार हेरेफेर गरेका छन् ।
मुख्यमन्त्री शाहीले प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य, जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक र स्वकीय सचिवमा रवीन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् ।
विगत ३ वर्षदेखि प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका खेमबहादुर सिंहलाई शाहीले बिदा गरेका छन् । यस्तै जनसम्पर्क सल्लाहकार रहेका जनकनाथ योगी र स्वकीय सचिव सुमन शाहीलाई समेत बिदा गरिएको छ ।
पार्टीमा रहेका अन्य नेताहरूलाई समेत अवसर दिन सचिवालयमा हेरफेर गरिएको मुख्यमन्त्री शाहीले जनाएका छन् ।
केही दिनअघि प्रदेश सरकारका मुख्यन्यायाधीवक्ता विद्याभूषण मानन्धरले समेत राजीनामा दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।