काठमाडौं – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ह्याम्स अस्पताल भर्ना गरिएका छन् ।
स्वास्थ्यमा उच्च रक्तचापको समस्या भएका कारण मुख्यमन्त्री शाहीलाई अस्पताल भर्ना गरिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई शुक्रवार अस्पताल भर्ना भएको प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।
प्रदेश मन्त्री ज्वालाले मुख्यमन्त्री शाहीको रक्तचाप नियन्त्रणमा आइरहेको र आईतवारसम्म डिस्चार्ज हुने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।