आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटारभित्रै छिर्‍यो कोरोना भाइरस, सूर्य थापासहित यी ३ जनामा संक्रमण पुष्टि

बालुवाटारभित्रै छिर्‍यो कोरोना भाइरस, सूर्य थापासहित यी ३ जनामा संक्रमण पुष्टि

  • मिडिया डबली
  • शनिवार, बैशाख २५ २०७८

  • 6.4K
    SHARES

  • बालुवाटारभित्रै छिर्‍यो कोरोना भाइरस, सूर्य थापासहित यी ३ जनामा संक्रमण पुष्टि

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा ओहोरदोहोर गरिरहने सचिवालयका ३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासहित सचिवालयका ३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

    शुक्रवार प्रधानमन्त्री ओलीसहित १५१ जनाको स्वाब संकलन गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र सचिवालयका अर्को एक सदस्यमा संक्रमण पुष्टि भएको जनाइएको छ ।

    प्रेस सल्लाहकार थापाले आफू घरमै आराम गरिरहेको बताएका छन् । ‘स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ सल्लाहकार थापाले भने, ‘म थोरै साथीसँग सम्पर्कमा थिएँ । उहाँहरूलाई सचेत हुन अनुरोध गरिसकेको छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १५ २०७७०९:२०:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend