काठमाडौं – गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदानका लागि नयाँ मिति तोकिएको छ ।
बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले वैशाख २७ गते बिहान ११ बजे प्रदेशसभा बैठक राख्ने निर्णय गरेको जनाइएको छ ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने जनाइएको छ । मुख्यमन्त्री गुरुङ कोरोना भाइरस संक्रमित भएर आइसोलेसनमा रहेका छन् ।
यसअघि वैशाख १९ गते मतदान हुने कार्यक्रम रहेपनि जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि सांसद शाही अस्पतालमा फेला परेका थिए ।
गण्डकीमा मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । हाल प्रदेश सभामा ५९ जना सांसद रहेकोमा सरकार टिकाउन कम्तिमा ३० मत आवश्यक रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।