काठमाडौं – प्रदेश सभामा नेकपा एमालेको एकल बहुमत रहेको भन्दै पुनः मुख्यमन्त्री बनेका शंकर पोखरेललाई अर्काे संकट आइपरेको छ ।
पोखरेल मुख्यमन्त्री बनेपछि एमालेमा सांसद पदबाट राजीनामा दिएर अर्काे पार्टीमा जाने लहर नै चलेको छ । दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले आज बुधबार पदबाट बुधबार राजीनामा दिएका छन् ।
उनी हिजो मंगलबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । यसअघि एमालेकै एक सांसद पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए । यसरी प्रदेश सभामा बहुमत रहेको भनेका मुख्यमन्त्री शंकर पोखरेलको सरकार संकटमा परेको छ ।
सांसद डाँगीले आज बुधबार दिउँसो लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई राजीनापत्र बुझाएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले डाँगीले राजीनामा दिएसँगै पद रिक्त गर्ने प्रक्रिया अगाडि बढेको बताए । ‘उहाँले राजीनामा दिएसँग संविधानको धारा १८० (क) बमोजिम उहाँको स्थान रिक्त भएको छ,’ पुनले भनेका छन् ।
यसअघि कपिलवस्तुका दृगनारायण पाण्डेले समेत सांसद पदबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । मुख्यमन्त्रीकै गृहजिल्ला दाङका डाँगीले पोखरेलको साथ छाडेपछि अहिले राजनीति तरङ्गित भएको छ ।
यसअघि नेकपाबाट निर्वाचन जितेकी दाङकी सांसद विमला वलीले समेत एमाले छाडेर नेकपा माओवादी केन्द्र रोजेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।