आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लुम्बिनीका यी २ सांसद एमालेमै फर्किए, मुख्यमन्त्री शंकर पोखरेललाई फाइदा

लुम्बिनीका यी २ सांसद एमालेमै फर्किए, मुख्यमन्त्री शंकर पोखरेललाई फाइदा

  • मिडिया डबली
  • सोमवार, बैशाख २० २०७८

  • 5.4K
    SHARES

  • लुम्बिनीका यी २ सांसद एमालेमै फर्किए, मुख्यमन्त्री शंकर पोखरेललाई फाइदा

    काठमाडौं – लुम्बिनी प्रदेशमा हिजो आईतबार देखिएका अनेक घटनाक्रमबीच सूर्य चिह्नबाट चुनाव लडेर प्रतिपक्षी गठबन्धनमा सहभागी भएका भनिएका २ सांसदले नेकपा एमालेमै रहेको स्पष्टीकरण दिएका छन् ।

    आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सांसदहरू धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले आफूहरू एमालेमै रहेको स्पष्ट पारेका छन् ।

    यसअघि श्रीवास्तव र शाहीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनमा हस्ताक्षर गरेको प्रचार गरिएको थियो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै लहरो तान्दा पहरो गर्जने दाबी गरेका छन् । 

    सल्लाहकार थापाले ट्विटरमा लेखेका छन्, ‘ मुख्यमन्त्री शंकर पोखरेलको साथमा मा. शाही र श्रीवास्तव । हस्ताक्षर दुरुपयोग गरेकोमा कुलप्रसाद केसी (कांग्रेस, माके, उबा र जनमोर्चा) गठबन्धनको विरोध र निन्दा । बिमला प्रकरणको पनि लहरो तान्दा पहरो गर्जंदै । प्रचण्डकै नेतृत्वमा आयारामगयाराम प्रवृत्ति बढाउन चलखेल गरेको तथ्य ।’

    ll.jpg

    विपक्षी गठबन्धनले आफूहरूसँग ४२ सांसदको समर्थन रहेको दाबी गरिरहँदा २ जना सांसद एमालेतिरै फर्किएपछि अब बहुमत नहुने स्थिति आएको छ । एमाले संसदीय दलमा ४१ सदस्य देखिएपछि मुख्यमन्त्री शंकर पोखरेलले आईतबार नै शपथ खाइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०९:१९:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend