आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेलले सुटुक्क शपथ खान खोज्दा बाहिर होहल्ला, मुख्यमन्त्री कार्यालयमा खैलाबैला

शंकर पोखरेलले सुटुक्क शपथ खान खोज्दा बाहिर होहल्ला, मुख्यमन्त्री कार्यालयमा खैलाबैला

  • मिडिया डबली
  • आइतवार, बैशाख १९ २०७८

  • 7.0K
    SHARES

  • शंकर पोखरेलले सुटुक्क शपथ खान खोज्दा बाहिर होहल्ला, मुख्यमन्त्री कार्यालयमा खैलाबैला

    काठमाडौं – मुख्यमन्त्री पदको शपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा हुने गर्छ । तर लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका सांसदले प्रदेश प्रमुखको कार्यालय दिउँसैदेखि घेरेपछि नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई सुटुक्क शपथ गराउने योजना बन्यो ।

    गोप्य योजना अनुसार मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै पद तथा गोपनीयताको शपथ गराइएको छ तर सुटुक्क शपथ खुवाइरहेकोबारे थाहा पाएका विपक्षी सांसदहरू मुख्यमन्त्री कार्यालयमै आएर होहल्ला गरेका छन् ।

    प्रदेश प्रमुख धर्मनाथ यादव शपथ गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका हुन् । विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरिरहँदा भित्र मुख्यमन्त्रीले शपथ खाइरहेका थिए । यसरी मुख्यमन्त्री कार्यालयमा खैलाबैला मच्चिएको छ ।

    नेता पोखरेलले आईतबार बिहान राजीनामा दिएर दिउँसो एकल बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षरसहित निवेदन बुझाएका थिए । निवेदन अनुसार नै प्रदेश प्रमुख यादवले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे ।

    हाल प्रदेश सभामा कायम ८१ जना प्रदेशसभा सदस्यमध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी पेश गरेलगत्तै माओवादी केन्द्र र कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेश गरेपनि त्यतिबेलासम्म शंकर पोखरेल मुख्यमन्त्री बनिसकेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend