काठमाडौं – लुम्बिनी प्रदेशमा राजनीतिक उथलपुथल भइरहेका बेला नेकपा एमालेका ३ सांसदले पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सभामा नेकपा एमालेको एकल बहुमत रहेको भन्दै प्रदेश प्रमुखले संसदीय दलका नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेपनि एमालेभित्र असन्तुष्टि बढेर ३ सांसदले राजीनामा दिएका छन् । यसरी अब एमालेका सांसदको संख्या प्रदेशसभामा घटेको छ ।
सत्तारुढ एमालेबाट निर्वाचित सांसदले प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसमक्ष राजीनामा बुझाएका छन् । सभामुख घर्तीका स्वकीय सचिव ध्रुवविक्रम वलीले ३ जना प्रदेशसभा सदस्यले आईतवार दिउँसो राजीनामा बुझाएका जानकारी दिए ।
सांसद पदबाट राजीनामा दिनेमा दृगनारायण पाण्डे, अजय शाही र धर्मलाल श्रीवास्त रहेको वली रहेका छन् । यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालले ४ सांसदलाई निष्कासन गरेपछि एमालेको बहुमत पुगेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।