आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेल फेरि मुख्यमन्त्री बन्नबाट रोक्ने यी ४ कागजहरू, हेर्नुहोस् प्रमाण !

शंकर पोखरेल फेरि मुख्यमन्त्री बन्नबाट रोक्ने यी ४ कागजहरू, हेर्नुहोस् प्रमाण !

  • मिडिया डबली
  • आइतवार, बैशाख १९ २०७८

  • 9.2K
    SHARES

  • शंकर पोखरेल फेरि मुख्यमन्त्री बन्नबाट रोक्ने यी ४ कागजहरू, हेर्नुहोस् प्रमाण !

    काठमाडौं – लुम्बिनी प्रदेशमा नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने मुख्यमन्त्री शंकर पोखरेलको ‘प्लान फेल’ भएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटी बैठक राखेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

    नेकपाबाट निर्वाचित सांसद विमलाकुमारी खत्रीले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि एमालेको एकल बहुमत गुमेको छ । एमाले बाहेकका दलहरूले नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बनाउने प्रयास गरिसकेकाले लुम्बिनीमा पोखरेल फेरि मुख्यमन्त्री बन्न नपाउने निश्चित भएको छ । यस्तो बेला काठमाडौंमा विद्या र केपीको सक्रियता बढेको छ ।

    अध्यक्ष ओलीले आईतवार दिउँसो १२ बजेलाई बोलाएको बैठक ढिला गरेर सुरु भई केहीबेरमै सकेका छन् । बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टी बैठकका निर्णय र भण्डारीसँगको भेटबारे केही जानकारी दिइएको छैन ।

    यसअघि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने प्रयास गरिरहेका बेला खतरना उथलपुथल आएको छ । प्रदेशसभामा कायम रहेका कूल ८१ सदस्यमध्ये नेकपा एमालेसँग ४१ सदस्य रहेको दाबी गरिएपनि एमालेमा गणना गरिएका १ जना प्रदेशसभा सदस्यले आफू माओवादी केन्द्रमा रहेको जनाएपछि उथलपुथल आएको छ । 

    नेकपा कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत रहेका बेला उपनिर्वाचनबाट प्रदेशसभा सदस्य निर्वाचित विमलाकुमारी खत्रीले नेकपा माओवादी केन्द्र पार्टी रोज्ने निर्णय गरेकी छन् । सांसद खत्रीले माओवादी केन्द्र रोजेपछि एमालेसँग अब ४० सदस्य मात्रै बाँकी रहेका छन् भने एमालेबाहेक नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायत दलसँग ४१ सांसद रहेका छन् ।

    मुख्यमन्त्री पोखरेलले एकल बहुमतको सरकार बनाउने सपना देखेपनि सांसद विमलाले पोखरेलको सपना चक्नाचुर पारिदिएकी छन् । सांसद विमलाले प्रेस विज्ञप्ति जारी गर्दै आफूले माओवादी केन्द्र रोजेको घोषणा गरेकी छन् । यसरी राजनीतिक उथलपुथल ल्याउनमा सांसद विमलासँग सम्बन्धित ४ वटा कागज सतहमा आएका छन् ।

    हेर्नुहोस् ४ वटै कागजहरू –

    s2.jpgs3.jpgs1.jpg

    181768297_1092486051233758_802106749621765413_n.jpg

    नेकपाका तर्फबाट विमलाले दाङबाट प्रदेशसभा ३(२) बाट उपचुनाव जितेकी थिइन् । २०७६ मंसिरमा भएको उपनिर्वाचनमा उनी ५ हजार १०४ मतान्तरले विजयी भएकी थिइन् । खत्रीले २४ हजार २८६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १८२ मत प्राप्त गरेका थिए ।

    नेकपा माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । उनको निर्णयले एमालेको बहुमतको एकल सरकार बनाउने सपनामा धक्का लागेको हो । खत्री एमाले नेता स्व. उत्तरकुमार वलीकी पत्नी हुन् । सांसद रहेकै अवस्थामा वलीको असामयिक निधन भएको थियो । 

    मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न बोलाइएको लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आईतबारै बैठक बस्नुअघि नै अन्त्य गरिएको छ । आज आईतवार दिउँसो १ बजेका लागि बोलाइएको विशेष अधिवेशन आजै दिउँसो १२ बजेदेखि नै लागू हुने गरी अन्त्य भएको छ ।

    विशेष अधिवेशनमा आफूमाथि राखिएको अविश्वास प्रस्तावमाथि छलफल प्रारम्भ हुनुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठक राखेर अधिवेशन अन्त्यको सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका छन् ।

    ‘लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आह्वान गरेको अवस्थामा माननीय मुख्यमन्त्रीबाट राजीनामा पेश गरेकाले अधिवेशनको औचित्य समाप्त भएको हुँदा अधिवेशन अन्त्य गर्न मन्त्रिपरिद्को मिति २०७८/१/१९ को निर्णय बमोजिम माननीय मुख्यमन्त्रीबाट सिफारिस प्राप्त भएकाले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम संवत् २०७८ वैशाख १९ गते आइतबार दिउँसो १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छु,’ प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा जारी सूचनामा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend