आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

शंकर पोखरेललाई साथ दिएका जसपाका चार नेताको न मन्त्री रहने भयो, न सांसद नै

शंकर पोखरेललाई साथ दिएका जसपाका चार नेताको न मन्त्री रहने भयो, न सांसद नै

  • मिडिया डबली
  • आइतवार, बैशाख १९ २०७८

  • 5.3K
    SHARES

  • शंकर पोखरेललाई साथ दिएका जसपाका चार नेताको न मन्त्री रहने भयो, न सांसद नै

    काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि जसपाका चार नेता अलपत्र परेका छन् ।

    पोखरेलले एक महिनाभित्र एमालेको एकल बहुमतको सरकार बनाउने रणनीतिअनुसार पदबाट राजीनामा दिएपछि उनीहरूको मन्त्री पद त गुम्छ नै, सांसद पद पनि गुमेको छ ।

    कारवाहीमा परेका चारजना मन्त्रीहरुले आइतबार सर्वोच्चमा पार्टीको निर्णयविरुद्ध रिट दायर गर्ने तयारी गरेका छन् । जसपा नेपालको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका प्रदेशसभा पूर्व सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले संयुक्त रुपमा रिट दर्ता गराउन सर्वोच्च अदालत जान लागेका हुन् ।

    तर, सरकार नै कामचलाउमा परिणत भएपछि के गर्ने भन्नेमा उनीहरू नै अन्योलमा परेका छन् । पार्टीको निर्णयविपरीत चारैजना सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन जनाएका थिए ।

    समर्थन जनाउँदै उनीहरु मन्त्रिमण्डलमा समेत सहभागी बनेका थिए । पार्टीले कारवाही गरेपछि उनीहरुको सांसद पद जानुको साथै मन्त्री पद पनि गुमेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend