आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अबका २ वर्षसम्म ढुक्क हुन शंकर पोखरेलले राजीनामा दिएको खुलासा, फेरि मुख्यमन्त्री बन्दै

अबका २ वर्षसम्म ढुक्क हुन शंकर पोखरेलले राजीनामा दिएको खुलासा, फेरि मुख्यमन्त्री बन्दै

  • मिडिया डबली
  • आइतवार, बैशाख १९ २०७८

  • 6.0K
    SHARES

  • अबका २ वर्षसम्म ढुक्क हुन शंकर पोखरेलले राजीनामा दिएको खुलासा, फेरि मुख्यमन्त्री बन्दै

    काठमाडौं – अविश्वासको प्रस्ताव दर्तापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । तर उनले फेरि आफैं मुख्यमन्त्री बन्ने २ वर्षसम्म ढुक्क हुने खेल खेलेको खुलासा भएको छ ।

    नेपाली कांग्रेससहित विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा अधिवेशन बोलाएका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

    मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

    लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आईतबारदेखि शुरू हुँदैथियो । आईतबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

    वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाल सहितका ४१ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए तर जसपाका ४ सांसद मन्त्री बनेर सरकारमा सहभागी भएका थिए ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनेका पोखरेलले राजीनामा दिएर अब नेकपा एमालेको एकल बहुमतको सरकार आफ्नै नेतृत्वमा बनाउन चाहेको स्रोतले जनाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ सांसदलाई पार्टीले कारवाही गरेपछि लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ । राजीनामा दिएर नयाँ सरकार बनाउँदा २ वर्षसम्म कसैले सरकार ढाल्न र अविश्वासको प्रस्ताव ल्याउन नपाइने भएपछि मुख्यमन्त्री पोखरेलले नयाँ दाउ प्रयोग गरेका स्रोतले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ९ २०७७०८:५६:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend