काठमाडौं – अविश्वासको प्रस्ताव दर्तापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । तर उनले फेरि आफैं मुख्यमन्त्री बन्ने दाउ अघि सारेका छन् ।
नेपाली कांग्रेससहित विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा अधिवेशन बोलाएका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आईतबारदेखि शुरू हुँदैथियो । आईतबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।
वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाल सहितका ४१ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए तर जसपाका ४ सांसद मन्त्री बनेर सरकारमा सहभागी भएका थिए ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनेका पोखरेलले राजीनामा दिएर अब नेकपा एमालेको एकल बहुमतको सरकार आफ्नै नेतृत्वमा बनाउन चाहेको स्रोतले जनाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ सांसदलाई पार्टीले कारवाही गरेपछि लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ । राजीनामा दिएर नयाँ सरकार बनाउँदा २ वर्षसम्म कसैले सरकार ढाल्न र अविश्वासको प्रस्ताव ल्याउन नपाइने भएपछि मुख्यमन्त्री पोखरेलले नयाँ दाउ प्रयोग गरेका स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।