आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लुम्बिनीमा नयाँ ट्वीस्ट : शंकर पोखरेलको पछि लाग्ने ४ सांसद बर्खास्त, पढ्नुहोस् सूचना !

लुम्बिनीमा नयाँ ट्वीस्ट : शंकर पोखरेलको पछि लाग्ने ४ सांसद बर्खास्त, पढ्नुहोस् सूचना !

  • मिडिया डबली
  • बिहिवार, बैशाख १६ २०७८

  • 6.2K
    SHARES

  • लुम्बिनीमा नयाँ ट्वीस्ट : शंकर पोखरेलको पछि लाग्ने ४ सांसद बर्खास्त, पढ्नुहोस् सूचना !

    काठमाडौं – मुख्यमन्त्री शंकर पोखरेलको पछि लागेर पार्टी निर्णय उल्लंघन गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ सांसदलाई पार्टीले बर्खास्त गरेको छ ।

    पार्टीले कारवाही गरेको निर्णय अनुसार प्रदेशसभा सचिवालयले सूचना टाँस गरेपछि चारै सांसद पदमुक्त भएका छन् ।

    जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना आज बिहीबार प्रदेशसभा सचिवालयमा प्रकाशित गरिएको छ ।

    प्रदेश सभाले कारवाहीको सूचना टाँस गरेपछि सांसदहरु पदमुक्त भएको मानिने छ । जसपा पार्टीको निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेपछि पार्टीले चारै सांसदलाई कारवाही गरेको छ ।

    जसपाले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएपछि पार्टी निर्णय विपरीत चारै जना सांसद मन्त्री बनेका छन् । 

    यस्तो छ कारवाहीको सूचना –

    ppp.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १० २०७७०८:०२:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend