नयाँदिल्ली – प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार जलवायु शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले यो दशकलाई जलवायु परिवर्तन न्यूनीकरण उन्मुख दशकका रूपमा अघि बढाउन सबैलाई आह्वान गरे ।
प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न सिंगो मानव समुदायले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।
सो अवसरमा प्रधानमन्त्री मोदीले भारतले त्यसतर्फ काम गरिरहेको र वर्ष २०३० सम्ममा ४५० गीगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको जानकारी गराए । उनले सफा ऊर्जा, ऊर्जा क्षमता, वृक्षरोपण र जैविक विविधताको क्षेत्रमा भारतले साहसिक कदम चालेको बताए ।
प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) जस्ता विश्वव्यापी प्रयासलाई प्रोत्साहन गरे ।
सो अवसरमा प्रधानमन्त्री मोदीले र अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘भारत–अमेरिका जलवायु तथा सफा ऊर्जा एजेण्डा २०३० साझेदारी’को शुभारम्भ गरे । यस साझेदारीको लक्ष्य लगानीलाई परिचालन गरी प्रविधिलाई सफा एवं वातावरण मैत्री बनाउनु रहेको छ ।
‘हामीले सदियौंदेखि अवलम्बन गर्दै आएको दीगो एवं परम्परागत जीवनशैलीका कारण भारतको प्रतिव्यक्ति कार्बन फुटप्रिन्ट ६० प्रतिशतभन्दा कम रहेको छ,’ प्रधानमन्त्री मोदीले भने ।
उनले जलवायु परिवर्तन न्यूनीकरणमा जीवनशैलीको महत्त्वबारे चर्चा गर्दै ‘ब्याक टु बेसिक’को सिद्धान्तलाई पछ्याउन सबैलाई आग्रह गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।