काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सुइँको पाएपछि मुख्यमन्त्री पोखरेलले केही समयअघि नै प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका थिए ।
हालै मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब जुनसुकै बेला बस्ने गण्डकी र लुम्बिनी प्रदेश सभा बैठकमा अविश्वासको प्रस्तावबारे छलफल भई निर्णयार्थ पेस हुने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।