काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति दिएकी छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले सोमबार प्रेस विज्ञप्ति जारी गरेर न्यायाधीश नियुक्तिबारे सार्वजनिक गरेका छन् ।
गत फागुन २८ गते बसेको न्यायपरिषद् बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो । गत शुक्रबारको संसदीय सुनुवाइ समितिको बैठकले दुबै जनाको नाम अनुमोदन गरेपछि नियुक्तिको प्रक्रिया अगाडि बढेको थियो ।
सोमबार राष्ट्रपति भण्डारीले संविधानको धारा १२९(२) बमोजिम सर्वाेच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदीलाई नियुक्त गरेकी छन् । न्याय परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ भएर राष्ट्रपतिबाट सर्वाेच्च अदालतको न्यायाधीश नियुक्त गर्ने व्यवस्था रहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।