काठमाडौं - नेकपामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको टकरावले विभाजन आउन सक्ने देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ ।
उनले मंगलबार नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवासमा डाकेर पार्टी विभाजन रोक्न आग्रह गरेकी छन् ।
अहिलेको परिस्थितिमा कुनै पनि हालतमा नेकपा फुट्न नहुने भन्दै उनले गौतमलाई विवाद मिलाउन आग्रह गरेकी हुन् । जवाफमा नेता गौतमले आफू पार्टी एकताको पक्षमा रहेकाले हरसम्भव प्रयास गर्ने बताएका थिए ।
यसअघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका थिए । प्रचण्डले आइतबार आफ्नो निकटका स्थायी समितिहरुलाई बोलाएर ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको विषयमा खुलासा गरेका थिए ।
पार्टी एकता जोगाउनका लागि चिनियाँ दूतावास पनि निकै सक्रिय भएर लागेको छ । चिनियाँ दूतावासले पार्टी एकता रोक्नका लागि कर्मचारीहरु खटाएर दोस्रो तहका नेताहरुसँग भेट गरेर पार्टीभित्रको पछिल्लो गतिविधिबारे सन्देश प्रवाह गरिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।