काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएका बेला सरकारले देशभरका शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेपछि अनलाइन माध्यमबाट पठनपाठन गराउन आदेश जारी हुने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिए ।
पछिल्लो समय कोरोना जोखिम बढेसँगै बालबालिकामा संक्रमण फैलिनसक्ने भन्दै केही समयका लागि शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन पठनपाठनको व्यवस्था मिलाउने तयारी गरिएको मन्त्री ज्ञवालीले बताए ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीको बैठकले विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले जारी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय समेत गरेको छ । बैठकले जारी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले सिफारिस गरेसँगै सोमबार १ बजेदेखि संसद अधिवेशन अन्त्य हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।