काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
मुख्यमन्त्री शाहीले सरकारमा ३ जना मन्त्री थपेका छन् ।
नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त गरिएका छन् ।
हिजो शुक्रवार संसदबाट विश्वासको मत लिइसकेपछि मुख्यमन्त्री शाहीले मन्त्रीमण्डल विस्तार गरेका छन् ।
यसअघि उद्योग मन्त्री रहेका बुढाले राजीनामा दिएका थिए । हाल खाली रहेको सामाजिक विकास मन्त्रालय यसअघि कृषि मन्त्री रहेकी विमला केसी र अर्थ मन्त्रालय आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको जिम्मेवारीमा रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।