काठमाडौं – सत्तारुढ नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने भएको छ ।
हालै सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको झण्डै २ हप्तापछि बुधबार बसेको एमाले संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता यमलाल कँडेलले बताएका छन् ।
बुधबारको बैठकमा माधव नेपाल पक्षका ९ जना सांसद अनुपस्थित रहेका थिए । अनुपस्थित सांसदहरूलाई स्पष्टीकरण सोधिने समेत कंडेलले बताएका छन् ।
नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका हुन् । अबको ३० दिनभित्र शाहीले प्रदेश सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । विश्वासको मत नलिएमा प्रदेश सरकार ढल्ने छ ।
कर्णाली प्रदेशमा एमाले बलियो रहेकाले मुख्यमन्त्री शाही नेतृत्वको सरकारले विश्वासको मत लिन नसक्ने स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।