काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशले ८० भन्दा बढी देशलाई कोरोनाविरुद्धको खोप सहयोग गरेको जानकारी दिएका छन् ।
रायसीना संवादको छैटौं संस्करणको उद्घाटन समारोहलाई चैत ३१ गते भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै मोदीले सो जानकारी दिएका हुन् । रायसीना संवादको यसपटकको विषय ‘भाइरल वल्र्ड : आउटब्रेक, आउटलायर्स एन्ड आउट अफ कन्ट्रोल’ रहेको छ ।
मोदीले भारतले आफ्नै स्रोतमा निर्भर भई आफ्ना नागरिकलाई महामारीको कहरबाट बचाउन भरमग्दुर कोसिस गरेको बताए । ‘महामारीको घडीमा हाम्रो आफ्नै स्रोतमा निर्भर भई हामीले हाम्रा बाचाहरुलाई पूर्णता दिन प्रयास गर्यो ।
हामीले हाम्रा एक अर्ब ३० करोड जनतालाई महाव्याधिबाट बचाउन प्रयास गरेका छौं । साथसाथै हामीले अरुलाई पनि महामारी विरुद्ध लड्न सहयो
ग गर्ने प्रयास गरेका छौं,’ उनले भने । कैयौं अप्ठ्याराका बाबजुद भारतले यो वर्ष ८० भन्दा बढी देशहरुलाई कोरोनाविरुद्धको खोप प्रदान गरेको बताउदै उनले महामारीसँग लड्न भारतले निरन्तर रुपमा आफ्नो अनुभव, दक्षता एवं स्रोत सिंगो मानव समुदायसँग बाँड्ने प्रतिबद्धता जनाए ।
समारोहमा रुवान्डाका राष्ट्रपति र डेनमार्कका प्रधानमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित थिए । संवादमा स्वीडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ट, अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री एन्थोनी एबोट, न्युजिल्यान्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले पनि सहभागिता जनाएका थिए ।

साथै, फ्रान्स, पोर्चुगल, स्लोभेनिया, रोमानिया, सिङ्गापुर, नाइजेरिया, जापान, इटली, स्वीडेन, अस्ट्रेलिया, केन्या, चिली, मालदिभ्स, इरान, कतार, पोल्यान्ड, टर्की र भुटानका परराष्ट्रमन्त्री संवाद कार्यक्रममा उपस्थित थिए ।
सन् २०१६ बाट सुरु भएको र प्रत्येक वर्ष आयोजना हुने रायसीना संवाद भू–राजनीति र भू–अर्थसँग सम्बन्धित भारतको अत्यन्तै महत्वपूर्ण सम्मेलन हो । यो सम्मेलनलाई भारतको विदेश मामिला मन्त्रालय र अब्जरभर रिसर्च फाउन्डेसनले संयुक्त रुपमा आयोजना गर्दछ ।
कोभिड–१९ ले निम्त्याएको विषम परिस्थितिका कारण आयोजकहरुले सो संवाद कार्यक्रम भर्चुअली आयोजना गर्ने निर्णय गरेका छन् । चारदिने उक्त कार्यक्रममा पाँच मुख्य विषयवस्तुहरुमा संवाद केन्द्रित हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।