आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकी प्रदेशमा सांसद खरिदबिक्री हुनसक्ने डर, त्यसपछि निकालियो यस्तो जुक्ति !

गण्डकी प्रदेशमा सांसद खरिदबिक्री हुनसक्ने डर, त्यसपछि निकालियो यस्तो जुक्ति !

  • मिडिया डबली
  • मंगलवार, बैशाख १४ २०७८

  • 9.0K
    SHARES

  • गण्डकी प्रदेशमा सांसद खरिदबिक्री हुनसक्ने डर, त्यसपछि निकालियो यस्तो जुक्ति !

    काठमाडौं – गण्डकी प्रदेशका सत्ता समीकरण फेरबदलका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभामा निर्णयार्थ पेश हुनै लागेका बेला सांसद खरिदबिक्री हुनसक्ने डर देखिएको छ ।

    विपक्षी गठबन्धन बलियो देखिएर मुख्यमन्त्री गुरुङको पद धरापमा परेका बेला सांसद खरिदबिक्री हुनसक्ने आशंकामा विपक्षी गठबन्धनले नयाँ जुक्ति निकालेको छ ।

    मुख्यमन्त्री पाएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना सबै सांसदलाई होटल र रिसोर्टमा राखेर खरिदबिक्रीको खेलमा सहभागी हुनसक्ने बनाएको छ । सोमबार प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्ताव आज मंगलबार वा भोलि बुधबार निर्णयार्थ पेश हुँदैछ ।

    नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदलाई लेकसाइडस्थित कुटी रिसोर्टमा राखिएको छ भने जसपाका सांसदलाई कुटी नजिकैको अर्को होटलमा राखिएको छ ।

    ‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकाहरूको संख्या नघटोस् भनेर साथीहरूलाई एकैठाउँमा राखिएको छ,’ विपक्षी गठबन्धनका एक सांसदले भने, ‘प्रदेश सभामा मतदान नभएसम्म सबैलाई होटल र रिसोर्टमै राखिने छ ।’

    यसअघि कर्णाली प्रदेशमा अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका सांसदकै मत पाएर विश्वासको मत लिएका थिए । एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेपनि ४ सांसदहरूले पक्षमा मतदान गर्दै ‘फ्लोर क्रस’ गरेका थिए ।

    माओवादीका सांसद दीपक कोइरालाले अविश्वास प्रस्तावलाई अत्यधिक मतका साथ पारित गर्ने विषयमा छलफल गर्न एकैठाउँमा भेला गरिएको बताए । ‘एकढिक्का भएर जाने र अविश्वास प्रस्ताव पारित गर्ने भन्ने कुरा भएको छ,’ कोइरालाले भने ।

    अविश्वासको प्रस्तावको पक्षमा ३२ जनाभन्दा बढी प्रदेशसभा सदस्यहरूले मत दिने कोइरालाले दाबी गरे । ‘दीपक गुरुङले म एमालेमा छैन, स्वतन्त्र छु भनिसकेका र राष्ट्रिय जनमोर्चाले पनि पक्षमा भोट हाल्छु भनिसकेको सन्दर्भमा स्पष्ट बहुमत पुग्छ,’ उनले भने, ‘३२ बाट घट्ने सम्भावना छैन बरु ३३–३४ मतसम्म जान सक्छ ।’

    गण्डकीमा ३ जना प्रदेशसभा सदस्य रहेको जनमोर्चा समेतको भोट पाउँदा अविश्वास प्रस्तावको पक्षमा ३१ मत पुग्छ, जुन मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढाल्न पुग्ने पर्याप्त संख्या हुन जान्छ ।

    मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले हस्ताक्षर गरेर बैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । गण्डकीमा नेकपा एमालेका २७ सांसद रहेका छन् ।

    गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा सोमबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएको थियो । नयाँ मुख्यमन्त्रीको रूपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको छैन । उसले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताउँदै आएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend