काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले तीर्थाटनका लागि भारतको हरिद्वार पुगेका बेला मुख खोलेका छन् ।
नेपालमा रहँदा खासै नबोल्ने गरेका पूर्वराजा शाहले हरिद्वारमा लामो मन्तव्य दिएका छन् ।
बाह्य दबाब र प्रलोभनमा परेर पूर्वीय दर्शन, धर्म, सनातनीय संस्कारमा ह्रास आएको अभिव्यक्ति पूर्वराजा शाहले दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सार्वजनिक गरेको पूर्वराजा शाहको लिखित मन्तव्यमा उल्लेख छ, ‘कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म, सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो । अब हामीले हाम्रो धर्म बचाउनु छ, संस्कृतिको रक्षा गर्नु छ ।’
पढ्नुहोस् पूर्णपाठ –



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।