आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेभित्र छुट्टै अभियानमा लागे बामदेव गौतम

एमालेभित्र छुट्टै अभियानमा लागे बामदेव गौतम

  • मिडिया डबली
  • शनिवार, चैत्र २८ २०७७

  • 4.2K
    SHARES

  • एमालेभित्र छुट्टै अभियानमा लागे बामदेव गौतम

    काठमाडौं – नेकपा एमालेका नेता बामदेव गौतमले पार्टीलाई विभक्त हुन नदिन कार्यकर्ताको दबाब अपुग भएको बताएका छन् ।

    एकता अभियानसँग आवद्ध नेता–कार्यकर्तासँग शनिवार गरेको भेटघाट र छलफलमा एमालेका निवर्तमान उपाध्यक्ष समेत रहेका गौतमले दबाब अपुग रहेको बताए ।

    ‘एकताबद्ध एमाले नै आजको आवश्यकता हो । नेतृत्व तहमा विवाद, विमति बढेका बेला जनस्तर (कार्यकर्ता तहबाट) एकताको पहल हुनुपर्छ,’ नेता गौतमले कार्यक्रममा भने, ‘त्यसका लागि एकता अभियानलाई अझ प्रभावकारी, सशक्त बनाउन जरुरी छ ।’

    पार्टी अन्तरसंघर्ष चुलिएका बेला सक्रिय देखिएका नेता गौतम खुलेर कतै लागेका छैनन् । नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले देशव्यापी समानान्तर कमिटी निर्माणको अभियान चलाइरहँदा नेता गौतम भने अलग्गै अभियान लिएर आधारभूत तहसम्म जाने निष्कर्षमा पुगेका छन् ।

    नेता गौतमले गत माघ १४ गते एकता अभियानको घोषणा गरेका थिए । त्यतिबेला नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।

    फागुन २३ गतेको फैसलापछि एमाले एकताबद्ध रहोस् भनेर अभियान जारी राखिएको र ३१ बढी जिल्लामा संगठन विस्तार भइसकेको गौतमले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७१०:११:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend