काठमाडौं– नेकपाका उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुने पक्का जस्तै देखिएको छ। दुवै नेताले प्रतिनिधीसभा सदस्यको निर्वाचनमा पराजय भोगेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरिरहेका छन्। गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेर उपप्रधानमन्त्री बनाउने तयारी रहेको स्रोतले जानकारी दियो। उनले उपप्रधान सहित एक महत्वपूर्ण मन्त्रालय पाउनेछन्। गौतमलाई आफूपछि वरियतामा पहिलो स्थानमा राखेर ओलीले सरकारमा लान लागेका हुन् ।
यस्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको कोटाबाट श्रेष्ठको भाग्य चम्किन लागेको हो। उनी प्रतिनिधीसभामा गोरखाबाट चुनाव हारेका थिए। तर, पछि उनले राष्ट्रिय सभाको निर्वाचन जितेका थिए। उनलाई पनि ओलीले उपप्रधानमन्त्री बनाउने निश्चित रहेको स्रोतको दाबी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।