आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीले फाले नयाँ तुरूप, बामदेवलाई राष्ट्रियसभामा लगेपनि मन्त्री नबनाउने! 

ओलीले फाले नयाँ तुरूप, बामदेवलाई राष्ट्रियसभामा लगेपनि मन्त्री नबनाउने! 

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 8.5K
    SHARES

  • ओलीले फाले नयाँ तुरूप, बामदेवलाई राष्ट्रियसभामा लगेपनि मन्त्री नबनाउने! 

    काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा शर्मा ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लगेपनि मन्त्री नबनाउने अडान लिएका छन्।

    गत फागनमा नेकपा सचिवालयले गौतमलाई राष्ट्रिय सभामा लैजाने भनेर गरेको निर्णय कार्यान्वयन गर्न स्वयम गौतमले दबाब दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा परेका छन् । सचिवालयका ९ जनामध्ये बहुमत सदस्यले वामदेवलाई राष्ट्रिय सभामा ल्याउने निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

    गौतमले अध्यक्षद्धय ओली र पुष्पकमल दाहाललाई भेटेर आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् । 

    नेकपाको सचिवालय बैठक यही भदौ १८ गते बस्दैछ । त्यही बैठकमा वामदेवलाई राष्ट्रिय सभामा लैजानेबारे महत्वपूर्ण निर्णय हुने नेताहरुले बताउन थालेका छन् । तर, प्रधानमन्त्री ओली भने अझैपनि अर्थमन्त्री डा.युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् ।

    उनले गौतमलाई राष्ट्रिय सभामा ल्याएपनि मन्त्री भने नबनाउने तयारी थालेका छन् । बरु, गौतम पत्नी तुलासा थापालाई मन्त्री बनाउने ओलीको योजना छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend