आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

योगेश भट्टराईका खास मान्छे कांग्रेसमा प्रवेश, एमालेभित्र सन्नाटा !

योगेश भट्टराईका खास मान्छे कांग्रेसमा प्रवेश, एमालेभित्र सन्नाटा !

  • मिडिया डबली
  • बुधवार, चैत्र १८ २०७७

  • 11.2K
    SHARES

  • योगेश भट्टराईका खास मान्छे कांग्रेसमा प्रवेश, एमालेभित्र सन्नाटा !

    काठमाडौं – नेकपा एमालेभित्र चर्चित युवा योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङका नेता बलबहादुर तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    तामाङ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका छन् । उनी भट्टराई निकट व्यवसायी मानिन्छन् ।

    एमालेका चर्चित युवा नेता योगेश भट्टराईका खास मान्छे मानिएका तामाङ एमालेको सांगठनिक गतिविधिमा पनि निकै सक्रिय रहेका थिए ।

    म्यानपावरबाहेक हाइड्रोपावर लगायतका व्यवसायमा आवद्ध तामाङ बुधवार नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    तामाङलाई कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका छन् ।

    कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष प्रज्ञान न्यौपानेका अनुसार वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तामाङ सयौं एमाले कार्यकर्ताका साथ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    तामाङ कांग्रेसमा प्रवेश गरेपछि एमालेभित्र सन्नाटा छाएको छ । एमालेभित्र किचलो मच्चिएका बेला तामाङको कांग्रेस प्रवेशले नेता भट्टराईलाई ठूलो धक्का लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०६:१०:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend