काठमाडौँ- केहि समय अगाडी मात्र लोकदोहोरी गीत 'हातैका पौजाले...' नामक गीतबाट राम्रो चर्चा कमाएका गायक तथा सर्जक कुशल बेलबासेको 'सनिसार...' बोलको गीत सार्वजनिक भएको छ ।
अर्घाखाँची जिल्लामा जन्मिएर काठमाडौंंमा एक दशक भन्दा बढी नेपाली गीत संगीतमा संघर्ष गर्दै आएका बेलबासेको बिहिबार 'सनिसार...' सार्बजनिक भएको हो ।
लामो समय देखि नेपाली गीत संगीतमा राज गर्दै आएकी गायिका पूर्णकला बिसिले गायक बेलबासेलाई आबाजमा साथ् दिएकी छिन्।
गीतमा लय तथा शब्द सिर्जना गायक कुशलले आफै गरेका हुन्। भिडिओमा शिशिर पौडेल र लोकप्रिय मोडल सारिका केसीको दमदार अभिनय देख्न सकिन्छ ।
भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने नवराज उप्रेतीको छायांकन गरेका छन् । विष्णु शर्माको सम्पादनमा तयार पारिएको भिडिओलाई शिशिर पौडेलको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।